विदेश

योगी आदित्यनाथलाई कालो झण्डा देखाएर जेल पुगेकी मिस युपीको बयान, मलाई बलात्कारीसँगै राखियो

योगी आदित्यनाथलाई कालो झण्डा देखाएर जेल पुगेकी मिस युपीको बयान, मलाई बलात्कारीसँगै राखियो


असार २३ । भारतको उत्तर प्रदेशकी २२ वर्षीया अपूर्वा वर्मा यतिबेला चर्चामा छिन् । ‘मिस युपी’ भइसकेकी उनी २३ दिन जेलमा बसेर हालै रिहा भएकी हुन् ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई कालो झण्डा देखाएको आरोपमा उनी २३ दिन जेलमा बसेकी हुन् ।

अपूर्वा भन्छिन, ‘म र मेरो साथी जेलमा पुगेको दिनदेखि नै हामीसँग आतंकवादीलाई जस्तै व्यवहार गरियो । खान–पिउन प्रतिवन्ध, परिवारका सदस्यसँग भेट्न रोक लगाइयो ।’

जेलमा महिला वार्डेनसँग गुनासो गर्दा आफूहरुलाई तर्साउने गरेको जिकिर गर्दै उनले भनिन, ‘तिमीहरुले गलत काम गरेका छौ, फाँसीको सजाय पनि हुन सक्छ भनेर हामीलाई तर्साउने काम गरियो ।’

आफू र आफ्नो साथी गरी दुईजना मात्र महिलालाई पुरुषसँग राखिएको उनको आरोप छ । उनले भनिन, ‘हामीलाई बलात्कारी, चोर, गुण्डाहरुसँग राखिएको थियो, राति केही भइहाल्छ कि भनेर हामी सुत्न सक्दैनथ्यौं ।’

अपूर्वा राजनीतिक रुपमा समाजवादी पार्टीसँग निकट छिन् । उनलाई जेलमा समेत समाजवादी पार्टीका नेता मुलायम सिंह यादव भेट गर्न पुगेका थिए ।

विशेष