विदेश

लालू यादवको घरमा छापामारेको भोलिपल्टै छोरी ज्वाईंको घरमा छापा

लालू यादवको घरमा छापामारेको भोलिपल्टै छोरी ज्वाईंको घरमा छापा

असार - २४ । इन्फोर्समेन्ट डाइरेक्टोरेट(ईडी)ले भारतको विहार प्रदेशका पूर्व मुख्यमन्त्री लालू यादवको छोरी ज्वाईंको घरमा छापा मारेको छ । सीबीआईले यादवका विभिन्न १२ स्थानमा छापाको भोलिपल्टै उनीकी छोरी मीसा भारती र उनका श्रीमान् शैलेस कुमारसँग जोडिएका तीन स्थानमा छापा मारेको हो ।

मनी लान्ड्रिंग मुद्दामा उनीहरुको विभिन्न स्थानमा रहेका घरमा छापा मारिएको भारतीय मिडियाले जनाएका छन् । छापापछि मीसाका श्रीमान् शैलेषलाई ईडीको टोलीले आफैँसँग लगेर छ घण्टा लामो सोधपुछपछि छोडिदिएको थियो । शैलेसलाई अलग अलग ठाउँमा लगेर सोधपुछ गरेको बताइएको छ ।

केही दिन पहिला पनि यही मुद्दामा ईडीले मीसा र शैलेषसँग सोधपुछ गरेको थियो । शनिबार छापा मारेका स्थानहरु शैलेस र मेसर्स मीशैल प्रिंटर्स एण्ड प्याकर्स प्राइभेट लिमिटेडसँग जोडिएका छन् ।

विशेष