विदेश

प्रहरीको गोलीबाट दुईको मृत्यु, दार्जिलिङमा फेरि हिंसा भड्कियो

प्रहरीको गोलीबाट दुईको मृत्यु, दार्जिलिङमा फेरि हिंसा भड्कियो

असार – २४ । प्रहरीको गोली लागेर दुई जना प्रदर्शनकारीको मृत्यु भएपछि पश्चिम बंगालको दार्जिलिङमा फेरि तनाव वढेको छ । नेपाली भाषीको भारतीयको बाहुल्य रहेको दार्जिलिङमा सीआरपीएफ गोलीबाट दुई जनाको मृत्यु भएपछि स्थानीयवासी आक्रशित बनेका हुन् ।

शुक्रबार राति दार्जिलिङको सोनादामा सुरक्षाकर्मीको गोली लागी गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका युवा कार्यकर्ता टासी भुटियाको मृत्यु भएको हो । विरामी आफन्तको लागि औषधि लिन जाँदै गर्दा सुरक्षाकर्मीले उनीमाथि गोली चालएको थियो । मृत्युको खबर फैलिए लगत्तै गोर्खाल्याण्डका समर्थक सडकमा उत्रिँदै पुलिसविरुद्ध नाराबाजी गर्न सुरु गरेका थिए

भुटियाको हत्यापछि आक्रोशित बनेका स्थानीयले दार्जिलिङ, खालिम्पोङ, खरसाङ, मिरिक क्षेत्रमा प्रदर्शन गर्न थालेपछि स्थिति तनावग्रस्त बनेको हो । स्थानीय र सुरक्षाकर्मीको दोहोर भीडन्तमा परेर थप एक युवाको मृत्यु भएको त्यहाँका स्थानीय मिडियाहरुले जनाएका छन् ।

स्थानीय र सुरक्षाकर्मीको दोहोर झडपमा सुरज सुन्दासको मृत्यु भएको हो भने अन्य १२ जना घाइते भएका छन् । उनीहरूकाे अहिले स्थानी अस्पतालमा उपचार भइरहेकाे छ । अलग राज्यको माग गर्दै दार्जिलिङमा अनिश्चितकालीन हडताल सुरू भएकाे अाज २४ औं दिन पुगेकाे छ ।

विशेष