विदेश

आयरल्याण्ड बेलायतसँगको सिमाना खोल्न इच्छुक

आयरल्याण्ड बेलायतसँगको सिमाना खोल्न इच्छुक

 

असार - २४ । ब्रेक्जिटपछिको अवस्थामा आयरल्याण्डले बेलायतसँगको आफ्नोे सिमाना खुल्ला राख्ने चाहना व्यक्त गरेको छ । बेलायतले युरोपेली सङ्घबाट बाहिरिने जनमत प्राप्त गरेपछि आयरल्याण्डको सो भनाइ आएको छ । 

यद्यपी बेलायत युरोपेलियसँगबाट औपचारिक रुपमा बाहिरी सकेको भने छैन यो प्रक्रियामा नै रहेको छ । आयरल्याण्डका विदेश मन्त्री सिमोन कोभेनीले स्लोभाकियाका समकक्षी मिरोस्लाभ लजाकसँगको शुक्रबार भएको छलफलका क्रममा सिमाना खुल्ला राख्ने चाहना व्यक्त गरेका हुन्। 

“बेलायत र आयरल्याण्डको सिमा नाका खुल्ला गरेर आर्थिक र ब्रेक्जिटको क्षेत्र स्थापित हुनेछ भन्ने हामीलाई विश्वास छ,” कोभोनीले जोड दिए । लजाकले ब्रेक्जिट बारेको आयरल्याण्डको धारणाप्रति आभार व्यक्त गर्नु भएको छ । 

“आयरल्याण्ड र स्लोभाकियाबीच धेरै कुरा साझा छन् । हामी तुलनात्मक रुपमा अरु भन्दा धेरै साना पनि छौं, हामी एक आपसमा मिलेर समस्याको समाधान निकाल्नु पर्दछ र त्यसलाई उपलब्धिमुलक बनाउनु पर्दछ, हामी तुलनात्मक रुपमा हाम्रा धेरै विषयमा गम्भीर छौं, युरोपेली सङ्घ र विश्वले सामना गरिरहेको चुनौतीका बारेमा हाम्रो समान धारणा रहेको छ,” लजाकले भने। 

स्लोभाकियाका विदेश मन्त्रीले दुई देशबीचको राजनीतिक सम्बादलाई निरन्तरता दिने सहमति पनि भएको बताए । साथै अनुसन्धान, विकास, सिपमुलक शिक्षा लगायतका विषयमा पनि दूई देशले सहकार्य गर्ने भएका छन् । 

विशेष