विदेश मुख्य समाचार

कस्मिरमा झडप ७ जनाको मृत्यु

कस्मिरमा झडप ७ जनाको मृत्यु

असार २५ । भारत र पाकिस्तानको सीमा क्षेत्र कस्मिरमा रहेको नियन्त्रण रेखामा गोली चल्दा सात जनाको मृत्यु भएको छ ।

सीमा क्षेत्रमा भएको गोली हानाहानमा सात जनाको मृत्यु भएको सरकारी अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । पाकिस्तानको चिडी कोट सेक्टरमा भएको गोली हानाहानमा एक महिलासहित चार जनाको मृत्यु भएको पाकिस्तानी अधिकारीहरुले जनाएका छन् ।

यस्तै शनिबारै नकयाल सेक्टरमा भारतीय सेनाको गोली लागेर अर्की एक महिलाको पनि मृत्यु भएको छ । यस्तै पाकिस्तानी सेनाले चलाएको गोली लागेर दुई जनाको मृत्यु भएको भारतीय अधिकारीले बताएका छन् । एक वर्षअघि भारत प्रशासित काश्मिरमा हिज्जबुल मुजाहिदिनका कमाण्डर बुरहान बानीको प्रहरीको गोली लागेर ज्यान गएपछि काश्मिरमा तनाव भइरहेको छ ।

बानीको ज्यान गएको एक वर्ष पूरा भएकोमा काश्मिरमा हड्ताल भइरहेका बेला नियन्त्रण रेखामा गोली चलेको हो । झडप नियन्त्रणमा लिनका लागि प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ ।

शनिबार दिनभर काश्मिरका विभिन्न ठाउँमा प्रदर्शन तथा झडप भएका छन् । त्यसक्रममा धेरै घाइते भएका छन्

विशेष