News

सल्यानमा बस दुर्घटना २ को मृत्यु २८ घाइते

सल्यानमा बस दुर्घटना २ को मृत्यु २८ घाइते


असार २५ । सल्यानमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । २८ जना घाईते भएका छन् ।

दाङ घोराहीबाट रुकुम जाँदै गरेको ना ४ ख ५७५४ नम्बरको बस आईतवार सल्यानको त्रिवेणी ५ सल्लीखोला भन्ने स्थानमा दुर्घटना भएको हो । बस दुर्घटनामा परि दुईजना को मृत्यु भएको र उनिहरुको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी श्यामवहादुर खत्रीले जानकारी दिए ।

प्रहरीका अनुसार बस सडकबाट झण्डै एकसय मिटर तल खेतमा खसेको छ । घुम्तीमा बिपरीत दिशाबाट आउँदै गरेको गाडीलाई साईड दिने क्रममा छेउ च्याप्दा बस खसेको डिएसपी खत्रीले बताए ।

 

विशेष