News

डा. गिरिको शव देवघाट पुर्याइयो

डा. गिरिको शव देवघाट पुर्याइयो


असार २५ । पवित्र तीर्थस्थल देवघाटस्थित महेश सन्न्यास आश्रमका संस्थापक पीठाधीश डा रामानन्द गिरीको पार्थिव शरीर आज बिहान देवघाट ल्याइएको छ ।

लामो समयदेखि निमोनिया र दमका कारण बिरामी पर्नुभएका उहाँको शनिबार ७२ वर्षका उमेरमा निधन भएको थियो । सन्न्यासी परम्परानुसार देवघाटको बेनीमा जलसमाधि गरेर उहाँको अन्तिम दाहासंस्कार गरिने देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टङ्कनाथ पौडेलले बताउनुभयो ।

यही असार १४ गतेदेखि स्वास्थ्यमा खराबी देखिएपछि उहाँको काठमाडौँस्थित ग्रान्डी अस्पतालमा उपचार भइरहेकामा पशुपति देवपत्तनस्थित शङ्कराचार्य मठमा निधन भएको थियो ।

विशेष