विदेश

लिवियाको मरूभूमिमा फेला परेका १९ शवको अनुसन्धान सुरु

लिवियाको मरूभूमिमा फेला परेका १९ शवको अनुसन्धान सुरु

 

असार - २५ । उत्तरी लिवियाको मरुभूमिमा फेलापरेका १९ वटा शव इजिप्टका नागरिक भएको हुनसक्ने अनुमान गर्दै इजिप्टको विदेश मन्त्रालयले अनुसन्धान सुरु गरिएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ताले शनिबार विज्ञप्ति जारी गर्दै लिवियाको राजधानी ट्रिपोलिमा रहेको इजिप्टको दूताबासले हालैमात्र यस बारेमा कायरोबाटै प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

लिवियाको रेड क्रिसेन्टले लिवियाको टोब्रुक र अज्डावियाको विचमा पर्ने मरुभूमिमा १९ जनाको शव भेटिएको जानकारी दिएको विदेश मन्त्रालयका प्रवक्ता अहमद अबु जेइडले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मृतकमध्ये सात जनाको भने पहिचान खुलेको पनि उनले जानकारी दिए। अवैध तरिकाले सिमा पार गरिरहेका बेला तस्करले उनीहरुको हत्या गरेको हुनसक्ने अनुमान गरिएको छ ।

लिवियाको मरुभूमिमा भेटिएका ती शव कुन देशका नागरिकका हुन् भन्ने बारेमा यसअघि निकै खोजी भएको थियो । अधिकारवादीले यस बारेमा खोजी गरेका थिए । मारिएका ती व्यक्ति इजिप्टेली हुन् भन्ने बारेमा भएको अनुसन्धानबाट सात जनाको पहिचान खुलेपछि अरु पनि यहीँका भएको अनुमान गरिएको हो । 

विशेष