News

पहिरोको डरले रातभरि जाग्राम

पहिरोको डरले रातभरि जाग्राम

असार २५ । वर्षा सुरु भएसँगै बैतडीको डिलासैनी गाउँपालिका६, बांगाबगरका धनीराम सार्कीको निद्रा खोसिएको छ ।

माथिबाट पहिरो खस्न थालेपछि आफू बसेको टहरो कतिखेर बग्ने हो भन्ने चिन्ताले उनले अनिँदै रात कटाउन थालेका हुन्। ‘तीन दिन लगातार वर्षा भयो । पानी पर्न थालेपछि कतिखेर पहिरो खस्ने हो भन्ने डरले सताउँछु, उनले भने । अघिल्लो वर्ष पनि त्यही ठाउँमा खसेको पहिरोले उनको घर पुरियो । सबै गाईवस्तु पहिरोसँगै सोहोरिए । धनीरामजस्तै त्यहाँका सात दलित परिवार छेउमै टहरा बनाएर बसिरहेका छन् ।

गत वर्ष पहिरोले घर पुरेपछि जिल्ला दैवीप्रकोप उद्धार समितिको पहलमा टहरा निर्माण गरिएको थियो । ‘टिनको टहराभित्रको बास, तपतप पानी चुहिन्छ। त्यो पनि कतिखेर पहिरोले बगाउने हो थाहा छैनु, स्थानीय महेश सार्कीले भने, ‘कता गएर दिन बिताउने भन्ने चिन्ता छ ।

आकाशबाट पानी झर्न थालेपछि रातभर निदाउन पनि सकिन्न।ु ०६० साल असारमा पहिलोपटक बांगाबगरमा पहिरो खसेको हो । एक्कासि खसेको पहिरोले ६ घरपरिवारलाई पूर्णरूपमा विस्थापित गरायो भने डेढ सय रोपनीजति जमिन बगरमा परिणत गरिदियो । ०६० सालदेखि नै प्रत्येक वर्ष बांगाबगरमा पहिरोले क्षति पुर्‍याउँदै आएको छ । पहिरोले घरखेत बगाएपछि अन्यत्र जग्गा-जमिन भएकाहरू बसाइँ सरिसकेका छन् । तर, जग्गा-जमिन नभएका दलित र गरिबहरू पहिरोको जोखिम क्षेत्रमै बस्न बाध्य छन् । ‘वर्षा सुरु भएसँगै निद्रा हराएको छ। गाउँको बीचबाट पहिरो बगेको छ । दुवैतर्फका नागरिक त्रसित छौं । कतिखेर कताबाट पहिरो खस्ने हो, थाहा हुन्नु, स्थानीय तेजबहादुर साउद भन्छन् ।

पहिरोका कारण बैतडी-दार्चुला जोड्ने राजमार्ग बेलाबेलामा अवरुद्ध हुने गरेको छ । पहिरो पन्छाउँदै गाडी चलाउनुपर्ने अवस्था छ ।

अन्नपूर्ण

विशेष