News मुख्य समाचार

आजबाट नारायणगढ मुग्लिनमा राति गाडि चलाउन नपाइने

आजबाट नारायणगढ मुग्लिनमा राति गाडि चलाउन नपाइने

असार २५ । नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि रातिमा बन्द हुने भएको छ । रातिको समयमा जोखिम बढेको भन्दै व्यवस्थापिका संसदको विकास समितिको निर्देशनअनुसार आइतबारदेखि रातिमा सडक बन्द गर्न लागिएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ठूला बस, मिनीबस, माइक्रो तथा साना सवारीसाधनलाई चितवनको दासढुंगा पुल आसपास क्षेत्रमा साँझ ६ बजे रोकिने छ भने बिहान ४ बजे छाडिने छ ।

पोखराबाट आउने सवारीहरुलाई तनहुँको आँबुखैरेनीमा र काठमाडौंबाट आउनेलाई मुग्लिन बजारमा रोक्ने जनाइएको छ । ती सवारीसाधनलाई साँझ ७ बजे रोक्ने र विहान ५ बजे छाड्ने नारायणगढ मुग्लिन सडक आयोजनाले जनाएको छ । यस्तै चितवनबाट जाने ट्रकहरुलाई जुगेडी चौकी आसपासमा साँझ ६ बजे रोक्ने र बिहान ४ बजे छाडिने छ ।

पोखबाबाट आउने ट्रकहरुलाई साँझ ७ बजे तनहुँको आँबुखैरेनीमा रोक्ने तथा काठमाडौंबाट आउने ट्रकहरुलाई कुरिनटार नजिकै लेवाटारमा रोक्ने र दुबै क्षेत्रका ट्रकलाई बिहान ५ बजे छाडिने चितवन प्रहरीले जनाएको छ ।

सडक विस्तारको क्रममा रहेकाले मुग्लिन सडकमा विभिन्न क्षेत्रमा पहिरो खस्ने जोखिम छ।

विशेष