News स्वास्थ्य

१६ लाख रुपैया जुट्न नसके यी युवतीको ज्यान जान सक्ने

१६ लाख रुपैया जुट्न नसके यी युवतीको ज्यान जान सक्ने

दीपबहादुर घर्ती/जाजरकाेट । कुशे गाउँपालिका–७ नारेकी १४ बर्षिय बालिका एलिना हमाल प्राण घातक रोग (रगत क्यान्सर) बाट पिडित भएकी छिन् । गत बैशाख महिना देखि एलिसा हमालको निजामति कर्मचारी अस्पताल नयाँ बाणेश्वर काठमाडौंमा उपचार भईरहेको छ । प्राण घातक रोगवाट पिडित बालिकाको पूर्ण उपचारका लागि आबश्यक पर्ने रकम जुटाउन एलिनाका बुबा दिपक हमाललाई निकै कठिनाई भएको छ ।

प्राण घातक रोकवाट पूर्ण रुपमा सञ्चो गराउन दुई बर्षको समय लाग्ने उपचारमा संलग्न डाक्टरहरुले बताई रहेको एलिनाका बुबा दिपक हमालले जानकारी दिए । एलिनाको उपचारमा जम्मा जम्मी खर्च १६ लाख रुपैया लाग्ने डाक्टरहरुको भनाई रहेको दिपक हमालले बताए ।

एलिनाको उपचारका लागि जाजरकोट अस्पतालको सिफारिसमा नेपाल सरकारबाट उपलब्ध हुने “बिपन्न नागरिक कोष” बाट प्राप्त भएको एक लाख सहित ६ लाख रुपैया खर्च भैसकेको दिपक हमालको भनाई रहेको छ । आफूले ज्ुटाउन सक्ने सबै विकल्पहरुको प्रयोग गरेर ६ लाख रुपैया खर्च गरिसकेको बताउदै दिपक हमालले भने–“छोरीलाई पूर्ण रुपमा सञ्चो गराउन लाग्ने आर्थिक कहाँबाट, कसरी जुटाउने, भन्ने बिषयमा म निकै अलमलमा परेको छु ।”

आफ्नो जीवनकै सबै भन्दा ठूलो खुशी छोरी एलिनाको जीवन भएको बताउँदै दिपक हमालले भने–“छोरीको उपचारका लागि लाग्ने रकम जुटाउनका लागि मलाई किन्ने कुनै ठाउँ छ भने, म आफै बिक्री हुन चाहान्छु तर, छोरीलाई बचाउन चहान्छु, छोरीलाई बचाउने पैसा जुटाउन मलाई निकै कठिनाई भैरहेको छ ।” चुनावमा धेरै नेतालाई आफैले भोट हालेर जनप्रतिनीधि बनाएको भएतापनि छोरीको उपचारमा कुनै पनि नेता तथा जनप्रतिनीधिले सहयोग नगरेको भन्दै दिपक हमालले दुखेसो पोखे ।

जुम्ला जिल्लाको सिमानासंग जोडिएको कुशे गाउँपालिकाको दुर्गम गाउँ नारेकी एलिना हमाल आर्थिक रुपमा विपन्न परिवारकी बालिका हुन । ओरालो लागेको मृगलाई बाँछाले लखेट्छ भने जस्तै गरिवी र विपन्न घरपरिवारमा जन्म लिएकी एलिनाले राम्रो शिक्षा, स्वास्थ्य पाउने कुरा स्वर्गको बयान गरे जस्तै भएको बेला प्राण घातक रोग लागेर दुर्भाग्य निम्तिएको स्थानिय समाजसेवी चित्रबहादुर शाहीको भनाई रहेको छ ।

नेपालको संविधान २०७२ ले स्वास्थ्यलाई मौलिक हकका रुपमा परिभाषित गरिसकेको अवस्थामा दुर्गम तथा विकट गाउँकी विपन्न एलिना हमालको प्राण घातक रोगको उपचार राज्यले गर्नुपर्ने समाजसेवी शाहीले बताए । साथै एलिनाको उपचारमा स्थानिय तहका जनप्रतिनीधिहरुले पनि ध्यान दिनुपर्नेमा उनले जोड दिँदै आएका छन् ।

financial crisis, Patient

विशेष