News

मन्त्रीहरुद्वारा हजयात्रीको बिदाई

मन्त्रीहरुद्वारा हजयात्रीको बिदाई

काठमाडौं । केन्द्रिय हज समिति अनुसार यस वर्ष नेपालबाट एक हजार २१० जना साउदीको मक्का मदिनामा हज गर्न जाने रहेका छन् । बिहिबार नेपालबाट यस वर्षको प्रथम हजयात्रीहरुको प्रस्थान भएको छ ।

नेपाली कांग्रेसकी नेत्रृ तथा नेपाली हज कमिटिकी सदस्य जमिला मियाकी नेत्रृत्वमा आजको प्रथम प्रस्थानमा १३० जना मुस्लिम समुदायका हजयात्रीहरु ऐयर अरेबिया जहाज बाट साउदी अरेबियातर्फ उडेका छन् ।

नेपाली कांग्रेसका बरिस्ठ नेता रामचन्द्र पौडेल, गृहमन्त्री जनार्धन शर्मा, श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुर र अन्य नेताहरु हजयात्रीहरुलाई बिदाइ गर्न त्रिभुवन अन्तरास्ट्रिय बिमान स्थलमा पुगेका थिए ।

श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुरले सबै यात्रुहरुलाई बिदाई गर्दै शुभकामना दिए । गृहमन्त्री शर्माले हजयात्रीलाई नेपालको झण्डा प्रदान गर्दै यात्राको सफलताको कामना दिए । उनले यात्राको क्रममा नेपालको प्रचार प्रसार गर्न समेत आग्रह गरे उनको सचिवालयले जनाए ।

एक हजार २१० जना मध्ये १० जना प्रतिनिधिमण्डलका सदस्यहरु रहेका छन् । हज समितिले बनाएको टुर प्याकेज अनुसार हजयात्री ४५ दिनपछि स्वदेश फर्कनेछन् ।

 

विशेष