राष्ट्रपति भण्डारीसँग भारतीय विदेश मन्त्री स्वराजको शिष्टाचार भेट
काठमाडौं । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेकी छन् ।
बिमस्टेक बैठकमा सहभागी हुन काठमाडौं आएकी विदेशमन्त्री सुष्मा स्वराजले शितलनिवासमा राष्ट्रपति भण्डारीलाई भेटेकी हुन् ।
भेटमा दुई देशबीच रहेको एैतिहासिक तथा मैत्रिपूर्ण सम्बन्धलाई थप सुमधुर र प्रगाढ बनाउने विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।
भेटमा भारतका लागि नेपालका राजदूत तथा नेपालका लागि भारतका राजदूत एवंम दुवै देशका उच्चपदस्थ व्यक्तिहरुको समेत उपस्थिति रहेको थियो ।