News

ट्याङ्कीमा डुबेर तीनवर्षीया बालिकाको मृत्यु

ट्याङ्कीमा डुबेर तीनवर्षीया बालिकाको मृत्यु

काठमाडाैं ।  पानी ट्याङ्कीमा डुबेर विहिबार एक बालिकाको ज्यान गएको छ । सदरमुकाम बेसीशहरको मनाङे चौतारामा बस्ने ३ वर्षीया बालिका कृत्तिका गुरुङको ज्यान गएको हो ।

खेल्ने क्रममा कृत्तिका पानी ट्याङ्कीमा परेको हुनसक्ने प्रहरीको अनुमान छ । बालिकाकी आमा मोनिका पसल गएको बेला जमिनमुनि रहेको हजार लिटर अट्ने पानी ट्याङ्कीमा बालिका डुबिरहेको अवस्थामा फेला पारिएको थियो ।

ट्याङ्कीमा बालिका देखेपछि स्थानीयवासीले तत्काल लमजुङ जिल्ला सामुदायिक अस्पताल पु¥याएका थिए । अस्पताल पु¥याउने बित्तिकै चिकित्सकले बालिकालाई मृत घोषणा गरेको प्रहरीले बताएको छ । बेसीशहर नगरपालिका–१०, गाउँभाचोकका गुरुङ परिवार बेसीशहर बजारमा बस्दै आएका हुन् ।

Death

विशेष