News

गुप्तचरको इन्सपेक्टर र असईमा जागिर खाने हो ? दरखास्त दिइहाल्नुस्

गुप्तचरको इन्सपेक्टर र असईमा जागिर खाने हो ? दरखास्त दिइहाल्नुस्

काठमाडौं । सुरक्षा निकायअन्तर्गत गुप्तचर संगठन राष्ट्रिय अनुसन्धान विभागमा अनुसन्धान अधिकृत (इन्सपेक्टर) र सहायक अनुसन्धान अधिकृत (असई) पदका लागि शुक्रबार दरखास्त आह्वान गरिएको छ । दरखास्त दिन चाहनेले पहिलो पटक सूचना प्रकाशित भएको ३० दिनभित्र दरखास्त दिन सक्नेछन् ।

गृह मन्त्रालयअन्तर्गतको सुरक्षा निकाय राष्ट्रिय अनुसन्धान विभागमा अनुसन्धान अधिकृत २२ र अनुसन्धान सहायक ३३ गरी ५५ जना कर्मचारी माग गरिएको हो । अनुसन्धान अधिकृतमा खुल्लातर्फ १२ जना र समावेशीतर्फ १० गरी २२ जना तथा अनुसन्धान सहायकमा खुल्लामा १८ र समावेशीमा १५ गरी ३३ जना कर्मचारी माग गरिएको छ ।

विज्ञापनमा जनाइएअनुसार अनुसन्धान अधिकृत पदका लागि स्नातक तह र अनुसन्धान सहायकका लागि प्रविणता प्रमाणपत्र तह (कक्षा १२) उत्तीर्ण गरेको शैक्षिक योग्यता हुनुपर्ने छ ।

विशेष