प्रहरी, प्रेस, पब्लिक, पावर र पोलिटिक्सको मिश्रण संरक्षण आजबाट देशभर

प्रहरी, प्रेस, पब्लिक, पावर र पोलिटिक्सको मिश्रण संरक्षण आजबाट देशभर

शुक्रबारबाट देशभरका ८० सिनेमाघरमा चलचित्र 'संरक्षण' प्रदर्शनमा छ । पूर्णेन्दु झाको निर्देशन तथा निर्माता नरेन्द्र महर्जनद्वारा बनेको 'संरक्षण' मुलुकमा देखिएको मधेस र पहाडबीचको द्वन्द्वको विषयलाई समेठिएको छ ।

निर्देशक झाका अनुसार, 'यस चलचित्रमा हाम्रो देशलाई पाँच 'पी'ले दबाइरहेको देखाउँन खोजेको छु । पाँच 'पी' अर्थात प्रहरी, प्रेस, पब्लिक, पावर र पोलिटिक्सको मिश्रण रहेको यस चलचित्र मार्फत राज्यमा के के हुन्दैछ ध्यान आकर्षन गराउँन खोजेको बताए । उनकाे भनाइ अनुसार पाँच 'पी' रहेका पदहरु नराम्रा होइनन् तर हाम्रो देशमा यसको गलत तरिकाले काम भैरहेको छ, भने । बिगत केहि समय देखि जसरी एउटा घर कता के नमिलेकोले गर्दा विभाजन हुन्छ त्यस्तै नै अहिले हाम्रो मुलुकको हालत भैरहेको अवस्था छ ।'

‘यो फिल्मले पछिल्लो समय मुलुकमा देखिएको पहाड र मधेसको द्वन्द्वलाई समेटेको छ,’ निर्देशक झाले भने । 'फिल्ममा पहाडी, मधेसी थारू र अन्य समुदायबीचको व्यावहारिक र मनोवैज्ञानिक द्वन्द्वलाई चित्रण गरिएको उनले बताए । अहिले भैरहेको पुरानै विषय हो तर नयाँ कथा तथा नयाँ शैलीमा ल्याउँन र देखाउँन खोजेको हुँ । मैले केवल यस चलचित्र मार्फत देशलाई एक जुट बनाउँन प्रयास गर्न खोजेको मात्र हुँ । आशा गर्छु सबैले यर्थातलाई बुझोस् र मन पराओस् ।'

निर्माता नरेन्द्र महर्जनले, 'आफ्नो फिल्म करिअरमा यो निकै पृथक भएको बताए । उनले बताए मैले विभिन्न चलचित्र बनाए तर यस्तो विषललाई लिएर यो पहिलो चलचित्र हो । फिल्मको लागत १ करोड ५० लाख रुपैयाँ रहेको उनले जनाए ।' अभिनेता राज कटुवालले, 'फिल्म ‘संरक्षण’ ले वर्तमान नेपालको मुख्य विषय उजागर गरेको बताए ।' फिल्ममा सौगात मल्ल, निखिल उप्रेती, रमेशरञ्जन झा, राज कटुवाल, सुशान्त श्रेष्ठ, मलिना जोशी, अशिष्मा नकर्मी, प्रमोद अग्रहरि, नीर शाह, श्वेता शाह, नन्दु श्रीवास्तव, कामेश्वर चौरासियालगायतको अभिनय रहेको बताइएको छ ।

 

संम्बधित खबर

विशेष