News

पाटन अस्पतालको मेडिकल वार्डमा साङ्ला आतंक

पाटन अस्पतालको मेडिकल वार्डमा साङ्ला आतंक

काठमाडौं । पाटन अस्पतालमा साङ्ला आतंकले बिरामी र कुरुवा नै आतंकित भएका छन् । मेडिकल वार्डका कोठा र सामान राख्ने र्याकमा जताततै साङ्ला नै साङ्ला देखिन्छ । तर, अस्पताल प्रशासनले साङ्ला नियन्त्रणका लागि खासै पहल गरेको देखिदैन ।

साङ्लाका कारण बिरामीहरु मानसिक तनावमा रहेको देखिन्छ । साङ्लाका कारण रोग थप बल्झने भय उनीहरुमा देखिन्छ । विशेषगरी सामान राख्ने र्याकमा पनि साङ्ला देखिने गरेकाले बिरामीहरु फलफुल र खाना पनि खान मन पराउँदैनन् । औषधिले ठीक हुँदै गरेका बिरामी आफै साङ्ला आतंकले थप बिरामी नपर्लान् भन्न सकिन्न । ‘साङ्लाले त झन रोग भित्रिन्छ । त्यस्तो रोग भित्रिने अस्पतालमा बिरामी कसरी ठिक भएर जान्छन् होला,’ एक बिरामी र बिरामीकी कुरुवा भन्छिन् ।

मेडिकल वार्ड नयाँ विल्डिङमा रहेको छ । मेडिकल वार्डका कोठाहरुमा तीनदेखि आठ वटा बेडहरु छन् । एउटा कोठा भित्र राखिएकी बिरामीको कुरुवाले भनिन्, ‘यस्तो फोहर भएको ठाउँमा बिरामी कसरी ठीक होला र ?’

विशेष