News

जनकपुरको दुधमती नदी नजिक दर्जनौ शब फेला

जनकपुरको दुधमती नदी नजिक दर्जनौ शब फेला

जनकपुर । जनकपुरको हुलाकी राजमार्गको दुधमतीनदी पुलमा रिक्सा चालकले दर्जनौ शब गाड्न लाग्दा सर्वसाधारणले नियंत्रणमा लिएको छ । शब पुल नजिक गाड्न खोज्दा लासको गंधले सर्वसाधारणलाई शंका लागेको हो ।

रिक्सामा प्लास्टिमा बेरिएको शब देखे पछि शंका लागेको भरमा ती रिक्सा चालकलाई सर्वसाधारणले घेराउ गरि शोधपुछ गर्दा रिक्सा चालक स्याम सहनीले आज मात्र ७ बटा शब गाड्न ल्याएको बतायो । चालक सहनीले यो भन्दा अगाडि पनि दर्जनौ शब गडिसकेको कुरा बतायो । 

जनकपुर अञ्चल अस्पतालले जिल्ला प्रहरी कार्यालयलाई बुझाएको शब आफुलाई शब व्यवस्थापन गर्न दिएको सहनीको दावी छ । सहनीले ८ सय रुपैयाँ भाडामा आफूलाई प्रहरीले शव व्यवस्थापन गर्न लगाएको बताए ।

जनकपुर अञ्चल अस्पतालले पछिल्लो दिन यता बेवारिसे तीन बटा शब पोस्टमार्टम पछि प्रहरीको जिम्मा लगाएको थियो । प्रहरीले पनि ती शबलाई व्यवस्था लगाउँन डोमलाई दिएको बतायो । प्रहरीका अनुसार गृहमन्त्रालयले शव व्यवस्थापनका लागि अञ्चल अस्पताललाई पैसा पठाउँछ र अस्पतालले व्यवस्था गर्न पैसा दिन्छ ।

यस बारे थप बुझ्न खोज्दा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक गणेश बहादुर थापा सम्पर्कमा आउन चाहेनन् । केहि महिना अघि मात्र मानिस हराएको सूचना आएको थियो र अहिले यस्तो घटनाले सर्वसाधारणलाई थप सशंकित बनाएकाे छ । स्थानियवासीले यसको छानबिन चाडै गर्नुपर्ने बताए ।

 

विशेष