विदेश

काटिएको शीरसँगै सुटकेसमा भेटियो युवतीको शव

काटिएको शीरसँगै सुटकेसमा भेटियो युवतीको शव

साउन १७ । मुम्बईस्थित नेरुल इलाकाको करावा गाउँ नजिकै एक युवतीको शव सुटकेसमा पोको पारेको अवस्थामा भेटिएकी छन् । शीर काटिएको अवस्थामा भेटिएको ती युवतीको शवलाई केही घण्टामै पुलिसले पत्ता लगाएको थियो ।

भारतीय सञ्चार माध्यमले जनाएअनुसार रातो रंगको सुटकेसमा ती युवतीको शव भेटिएको थियो । एक स्थानीयले झाडीमा सुटकेस देखेर खोल्दा ती युवतीको शव भेटिएको बताइएको छ । तीनै स्थानीयले उक्त घटनाबारे प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले उक्त घटनाबारे अनुसन्धान गरिहेको बताएको छ । प्रारम्भिक अनुसन्धान अनुसार ती युवती एक व्युटिपार्लरमा काम गर्दै आएकी थिइन् । ती युवतीमाथि बलात्कार या यौन दुव्र्यवहारको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

प्रहरीले जनाएअनुसार ती युवतीको हत्या अरु नै ठाउँमा भएर उनको शव भने त्यहाँ फालिएको थियो । यसबारे थप अनुसन्धान भइरहेको भारतीय मिडियाले जनाएको छ ।

विशेष