News

दिगो विकासका लागि राष्ट्रिय युवा सम्मेलन आजबाट शुरु

दिगो विकासका लागि राष्ट्रिय युवा सम्मेलन आजबाट शुरु


काठमाडाैं । अन्तराष्ट्रिय युवा दिवस २०१७ को अवसरमा नेपाल युवा परिषदको आयोजनामा राजधानीमा राष्ट्रिय युवा सम्मेलन २०१७ को उद्घाटन भएको छ । “युव विल्डिङ पिस र दिगो विकासको लागि युवा” भन्ने नाराको साथ आयोजना भएको उक्त सम्मेलनको उद्घाटन वाणिज्य मन्त्री मिन बहादुर बिश्वकर्माले गरेका छन् ।

तीस दिनसम्म चल्ने यस सम्मेलनमा ७५ जिल्लाबाट १५० जनाभन्दा बेसि युवाहरुको सहभागिता हुने छ । यस सम्मेलनमा देश भरिका यवाहरु एकै ठाउँमा भई युवा र देश कसरी बिकास हुने बारे चर्चा गर्न आयोजना गरिएको हो । नेतृत्व बिकासदेखि युवा र देशको बिकास के गरि हुने हो त्यस बारे छलफल हुने छ । यस सम्मेलनको मुख्य उदेश्य नै दिगो बिकास तथा शान्ति निर्माणका विषयहरु हुने छन् ।

सम्मेलन आयोजक संस्थाका अध्यक्ष सरोज बानियाँले आफ्ना देशका युवाहरुलाई सिप मुलक तालिम प्रदान गरेर आफ्नै देशको बिकास गर्ने बताए । मुलुकको सिपलाई बिदेशमा नपठाई आफै भुमिमा त्यो सिप प्रयोग गरि देश बिकास गर्नुपर्ने बताए ।

त्यसैगरि कार्यक्रममा सहभागि प्रमुख अतिथी वाणिज्य मन्त्री मिन बहादुर बिश्वकर्माले हामी आफै प्रतिवद्ध भएर लाग्नु पर्छ आफ्नो देश बनाउन । उनले भने जोस जाँगर हुनु पर्छ कुनै पनि काम गर्न । श्रम गर्न र बिकासीत बनाउन जोस जागरले अघि बढ्नु पर्छ । कुनै पनि काम गर्न कामको सम्मान गर्न जान्नु पर्छ । कामको सम्मान गरे देश बिकास हुन्छ । आजका युवाहरुले देश बनाउन तिर ध्यान दिन पर्छ ।

मन्त्री विश्वकर्माल आफ्नो उमेरसँग के काम गर्दा ठिक हुन्छ त्यो निर्धारण गर्न सक्नु पर्छ । आफुसँग भएको समयमा कुन काम गर्दा आफ्नो तथा देशको बिकास हुन्छ आफुलाई जानकारी हुनु पर्छ । देशको बिकासमा सक्दो सहयोग गर्ने भन्ने कुरामा ध्यान दिन अति नै आवश्यक छ । समयले मागे अनुसार देश कसरी बिकास हुन्छ त्यसरी नै अगाडि बढ्नु पर्छ ।

देशका ४० भन्दा पनि बढि जिल्लाहरुमा शाखा स्थापित भईसकेको नेपाल युवा परिषदको यो प्रयासले नेपालका युवाहरुमा देश भित्रै केही गरि नेपालको आर्थिक बिकासमा योगदान दिने भन्ने कुरामा आयोजकको बिश्वास रहेको छ । कार्यक्रममा युवा मन्त्रालयका सह सचिव राम प्रसाद थपलिया, आई.एल.ओ. नेपालका राष्ट्रिय आयोजना संयोजक सौरव राज जोशी, नागरिक अभियानका अध्यक्ष निगम हुमागाई, नासाका महासचिव गोविन्द भट्टराई लगायतको उपस्थिती रहेको थियो ।

 

विशेष