News

बाँकेमा गाँस, बास तथा स्वास्थ्य सेवा पुर्याउन थर्ड एलायन्सद्वारा अपिल

बाँकेमा गाँस, बास तथा स्वास्थ्य सेवा पुर्याउन थर्ड एलायन्सद्वारा अपिल

बाँके । राप्ती नदीमा आएको बाढीमा परी बाँकेमा तीन बालिकासहित चार जनाको मृत्यु भएको छ । केही वेपत्ता छन् । राप्तीसोनारी गाउँपालिका वडा नम्वर ४ लालपुरमा कबिराज थारुको घर भत्किँदा पुरिएर उहाँका तीन छोरीको मृत्यु भएको छ । १२ वर्षिया अञ्जु, ९ वर्षिया सरिता र ७ वर्षिया सुष्मिताको मृत्यु भएको बाँकेका प्रहरी प्रमुख टेकबहादुर तामाङ्गले जानकारी दिए ।

त्यस्तैगरि एक जना पुरुषको शव भेटिएको छ तर पहिचान हुनसकेको छैन । बाढीमा फसेकाहरुको उद्दारका लागि सुर्खेतमा रहेको नेपाली सेनाको हेलिकप्टर झिकाएर उद्धार कार्य सुरु गरिएको छ ।

नेपाली सेनाको टोली, नेपाल प्रहरी, सशस्त्र प्रहरीले डुङ्गाको सहायताबाट उद्दार कार्य सुरु गरेका छन् । राप्ती नदीमा आएको बाढीले राप्तीसोनारी गाउँपालिका र डुडुवा गाउँपालिकाका एक दर्जन बढी गाउँहरु पुरै डुवानमा परेका छन् । दर्जनौं घरहरु भत्किएका छन् । राप्ती नदीमा पानीको सतह राति ८.५७ मिटर रहेकोमा अहिले घटेर ६.२ मिटर रहेको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

बाढी प्रभावितहरुलाई हाल सम्म गाँस, बास र स्वास्थ्य सेवा उपलब्ध गराउन स्थानीय प्रशासन नसकेको कार्य प्रति मानव अधिकारबादी संस्था तराई मानव अधिकार रक्षक संजाल थर्ड एलायन्सले दुख व्यक्त गरेको छ । थर्ड एलायन्सका पश्चिम उप क्षेत्रीय संयोजक आलम खानले एक प्रेस बिज्ञप्ती प्रकाशीत गरी बिपदमा परी ज्यान गुमाएकाहरुको काजक्रियाका लागि उचित प्रबन्ध मिलाउन स्थानीय प्रशासनसंग अपिल गरेका छन् । साथै घाईतेहरुको निशुल्क उपचार गर्ने वातावरण मिलाउन विज्ञप्तीमा भनिएको छ ।

विशेष