News

पोखराको मेयरलाई चिठ्ठी

पोखराको मेयरलाई चिठ्ठी

पाेखरा । माननीय मेयर ज्यु,
चुनावी समयमा जनता सामु भोट माग्न जाँदा तपाईले भनेका एजेन्डा !
स्वच्छ खानेपानी
सुन्दर पोखरा
स्मार्ट सिटि
यिनै एजेन्डा हुन् मलार्इ र म जस्ता धेरैलाइ मन परेका । मैले तपाइलार्इ भोट दिनुका मुख्य कारण नि यिनै हुन् । तर केही दिन पोखराका केही स्थानमा पोखरीमा भैंसीले आहाल खेलेपछीको पानी जस्तो हुन्छ नि, हो त्यस्तै पानी आएको छ धाराबाट । यस बारे के छ तपाईको धारणा ?

हिजो बिजुलिको तार चुडिएर एक व्यक्ति घाइते भयो । यसबारे बिद्युत प्राधिकरणलाई केही दबाव दिने कि ? सडकका खाल्डाखुल्डी पुर्ण सम्बन्धित निकायलाई दबाव दिन पाए बाटोमा हिड्दा जनतालाई केही सजिलो हुन्थ्यो कि मेयर ज्यु ?

तपाईको कार्यकालको ७६ दिन बित्यो । मलार्इ यो बताइदिनुस् कि यो ७६ दिनमा स्मार्ट सिटि बनाउँन के कस्ता काम गर्नुभयो । जनताले विश्वास गरेर जिताएका हुन्, अर्को चोटि भोट माग्न जाँदा जनताको प्रश्न “हामिले तपाईलाई किन भोट दिने ?" यस प्रश्नको जवाफ दिन मुस्किल नपरोस् तपाईलाई । जनता शिक्षित छन् र केन्द्रिय चुनाब नजिकिदै छ, त्यता तिर पनि सोच्नुहोला !

यो चिठ्ठी सामाजिक संजालमार्फत फेला पारेको हुँ । सामाजीक संजालमा लेखिएको यो चिठ्ठीलाई जनता सामु पुर्याउँने प्रयास मात्र गरेको हुँ । कस्ले लेख्नु भएको सम्पर्क गर्न खोज्दा पता लागेन । नेपालीको लागि नेपाली पेजबाट लिएको । त्याे वालमा पनि प्रमिलाबाट कपि गरिएको लेखिएको छ ।

 

विशेष