विदेश

अक्सिजनको अभावमा ६० जना बालबालिकाको निधन

अक्सिजनको अभावमा ६० जना बालबालिकाको निधन

गोरखपुर ।  भारतको उत्तर प्रदेशको एक सार्वजनिक अस्पतालमा कम्तीमा ६० बालबालिकाको मृत्यु भएको छ ।

अस्पतालले अक्सिजनको बिल नतिरेको भन्दै अक्सिजन सप्लाई काटिदिएपछि अस्पतालमा उपचाररत ती बालबालिकाको मृत्यु भएको अधिकारीको जानकारी उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

गत सोमबारदेखि पाँच दिनको अवधिमा ती बालबालिकाको उत्तर प्रदेशको गोरखपुर जिल्लामा रहेको बाबा राघभ दास अस्पतालमा मृत्यु भएको बताइएको छ । अस्पतालले बिहीबार र शुक्रबारको बीचमा मात्रै ३० बालबालिको मृत्यु भएको बताएको छ ।

जिल्लाको अधिकारी अनिल कुमारले अस्पतालमा अक्सिजन सप्लायर्सलाई तिनुपर्ने रकमको विषय पत्ता लागेको बताउँदै बालबालिकाको मृत्युमा प्राकृतिक कारण रहेको हुनसक्ने बताए । उनले कतिपय बिरामीहरु अत्यन्तै नाजुक अवस्थामा अस्पतालमा ल्याइएका कारणले पनि मृतकको संख्या बढेको बताए । ’हामीले यही राति वा भोली बिहानसम्ममा थप तरल अक्सिजन सिलिन्डर मगाइरहेका छौं,’ कुमारले बताए।

विशेष