News

फलेवास नहर जीर्ण बन्दा सिँचाइमा समस्या

फलेवास नहर जीर्ण बन्दा सिँचाइमा समस्या

पर्वत । बढी खेतमा सिँचाइ हुने जिल्लाकै ठूलो फलेवास नहर जीर्ण बन्दै जाँदा सिँचाइमा समस्या भएको छ । सय हेक्टर जग्गा सिँचाइ हुने फलेवास नहर मानवीय अतिक्रमणले जीर्ण बनेको हो । सडक बनाउने क्रममा ठाउँ/ठाउँमा कुलो भत्काएर मर्मत नहुँदा नहर साँघुरिँदै गएको हो ।

नेपाल सरकार र एसियाली विकास बैंकको सहयोगमा २०४१ सालमा निर्माण भएको नहर अहिलेसम्म मर्मत हुनसकेको छैन । तत्कालीन जिविस र अहिले नगरपालिकाले मर्मतका लागि बजेटको व्यवस्था नगर्दा मर्मत हुननसकेको स्थानीय कृषक भरत श्रेष्ठले गुनासो गरे ।

स्थानीयवासीले विरोध गर्दागदै पनि मोटरबाटो निर्माण समिति र उपभोक्ता समितिले नहरसँगै मोटरबाटो खनेकाले नहर धरापमा परेको स्थानीयवासीको गुनासो छ । “ नहरको ठाउँठाउँमा भत्किँदै गएकाले आधामात्र पानी आपूर्ति हुन्छ, नहरको मर्मत सम्भार नहुँदा पहिरोको समेत उच्च जोखिमीमा परेको छ ” ‘स्थानीय इन्द्र सापकोटाले भन्नुभयोे, “नहरको मर्मतका लागि कसैले चासो दिदैनन् ।” नौ किलोमिटर लामो र दुई मिटर चाँैडा भएको नहर अहिले साँघुरिँदै जान थालेपछि स्थानीय किसान चिन्तित बनेका छन् ।

नहरबाट करिब दुई सय भन्दा बढी घरधुरी लाभान्वित छन् । सडक विस्तारका क्रममा नहर पुरिँदै गएपछि बर्खायाममा समेत धान रोप्न समस्या भएको छ । विगतका वर्ष हिउँद याममा समेत नहरभरी पानी आउँथ्यो, स्थानीय गोपाल पौडेलले भन्नुभयो, अहिले नहरमा बर्खायाममा समेत पानी आउन छोड्यो । धान उत्पादनको पकेटक्षेत्र मानिने फलेवास क्षेत्रमा धान उत्पादनमा ह्रास आउन थालेको छ । रासस

विशेष