News

बाढी पीडिलाई हट लाइन नम्बर र एसएमएसको व्यवस्था

बाढी पीडिलाई हट लाइन नम्बर र एसएमएसको व्यवस्था

काठमाडाैं । अविरल वर्षका कारण जिल्ला जिल्लामा बाढी पहिरोले गर्दा सबैतिर हाहाकार मचेको छ । दर्जनौ मानिस बेपता छन् । यसलाई नियंत्रण गर्न स्वास्थ्य मन्त्रालयद्वारा हटलाइन नम्बर मिलाइएको छ ।

स्वास्थ्य मन्त्रालयले बाढीपहिरो पीडितलाई उपचार लगायत स्वास्थ्य सहयोग आवश्यक परे मोबाइल नम्बर ९८५१०९६०८९ सिधै सम्पर्क गर्न स्वास्थ्य मन्त्रालयले व्यवस्था मिलाएको छ । महामारी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.भीम आचार्यको सो नम्बरमा फोन गरे उनले उपचार तथा स्वास्थ्य सहयोगका लागि जिल्लामा व्यवस्थापन मिलाउने भएका छन् । महाशाखाको हटलाइन नम्बर ०१–४१००१८७ र ०१–४२६२२६८ को पनि व्यवस्था मिलाइएको छ।
९८५१०९६०८९
०१–४१००१८७
०१–४२६२२६८

साथै जो जहाँ छ त्यहाँबाट म्यासेज गरेर पनि हेल्प लिन सकिन्छ । त्यसको लागि सामर्थ हेल्पलाईनले मिलाएकाे व्यवस्था यसप्रकार छ, टोल प्रि एसएमएस हेल्पलाइन ३६०४० मा म्यासेज गर्न सकिन्छ ।

विशेष