News

बाढीपीडितलाई सहयोग गर्न एनआरएनएद्वारा आपतकालीन राहत कोष स्थापना, अध्यक्ष शेष घले दम्पतीले दिए १ करोड रुपैयाँ

बाढीपीडितलाई सहयोग गर्न एनआरएनएद्वारा आपतकालीन राहत कोष स्थापना, अध्यक्ष शेष घले दम्पतीले दिए १ करोड रुपैयाँ


काठमाडौं । तराईमा आएको बाढी पहिरोपीडितलाई राहत प्रदान गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आपतकालीन राहत कोष स्थापना गरेको छ ।

बाढीका कारण दर्जनौंको मृत्यु, बेपत्ता र हजारौं परिवार घरवारविहीन भएपछि एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदको आइतबार बसेको आकस्मिक बैठकले आपतकालीन राहत प्रदानका लागि कोष स्थापना गर्ने र तत्कालै राहत वितरणमा खटिने निर्णय गरेको हो ।

कोषमा अध्यक्ष शेष घले र उनकी पत्नी जमुना घले गुरुङको एमआईटी फाउण्डेसनले बाढीपीडितका लागि १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । साथै एनआरएनका संरक्षक जीवा लामिछाने, उपाध्यक्षहरु भवन भट्ट र कुमार पन्तले एकरएक लाख रुपैयाँ सहयोग गरेका छन् ।

बैठकले तत्कालका लागि राहत कोषको रकम दुई करोड रुपैयाँ पुयाउने र सामाग्री खरिद प्रकृया सुरु गर्ने जनाइएको छ । राहत वितरणको समन्वय गर्न संघका अध्यक्ष घले तत्कालै अष्ट्रेलियाबाट नेपाल आउने बताइएको छ ।

 

विशेष