News

नेपाल टेलिकमद्वारा तीन जना पत्रकार सम्मानित

नेपाल टेलिकमद्वारा तीन जना पत्रकार सम्मानित

काठमाडौं । आइतबार होटल अन्नपूर्णमा नेपाल टेलिकमद्वारा आयोजित पत्रकार सम्मान कार्यक्रममा तीन जना पत्रकारलाई सम्मानित गरिएको छ । नागरिकलाई टेलिफोन सेवा उपलब्ध गराइएको एक सय वर्ष पूरा भएको उपलक्ष्यमा सो कार्यक्रमको आयोजना गरिएको हाे । नागरिक दैनिकका सन्तोष न्यौपाने, सन्तोष पोखरेल र गोरखापत्र दैनिकबाट विश्वास रेग्मी सम्मानित भएका छन् ।

कम्पनीले पत्रकार महासंघसँग सहकार्यमा निर्धारण गरेको मापदण्डका आधारमा छनौट भइ सम्मानित भएका हुन् । अगामी दिनहरुमा पनि पत्रकारहरुले यस क्षेत्रमा क्रियाशील रही सत्य तथ्यमा आधारित समाचार, लेख, रचनाहरु श्रृजना गरी प्रकाशन र प्रसारण गर्ने अपेक्षा गरेको छ ।

सम्मानित कार्यक्रममा व्यवस्थापिका संसदका सदस्य तथा सूचना तथा संचारमन्त्री मोहन बहादुर बस्नेत, नेपाल टेलिकमका प्रवन्धक निर्देश कामुनि राज भन्डारी, नेपाल पत्रकार महासँघका अध्यक्ष डा.महेन्द्र बिष्ट तथा प्रेस काउन्सिलका अध्यक्ष भवानी बराललगायतका विभिन्न संघसंस्थाका व्यक्तित्वहरु र अन्य पकारहरु उपस्तिथ थिए ।

विशेष