News

रासस अध्यक्ष वाग्लेद्वारा पोखरा कार्यालयको निरीक्षण

रासस अध्यक्ष वाग्लेद्वारा पोखरा कार्यालयको निरीक्षण


पोखरा । राष्ट्रिय समाचार समिति (रासस)का अध्यक्ष कुलचन्द्र वाग्लेले पोखरास्थित रासस पश्चिमाञ्चल क्षेत्रीय कार्यालयको आज निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा उनले निकट भविष्यमा नै पोखरास्थित जीर्ण कार्यालय भवन भत्काई नयाँ भवन निर्माणको तयारी गर्नुपर्ने बताए । सो सम्बन्धमा पोखरामा कार्यरत कर्मचारीसँग सुझाव पनि लिए ।

नेपाल सरकारले पोखराको नयाँ कार्यालय भवन निर्माणका लागि यस आर्थिक वर्षमा रु एक करोड बजेट निकासा दिने भएको बताउँदै उनले भवन निर्माण गर्न सरकारले क्रमागत बजेट निकासा दिने विश्वासका साथ निर्माण कार्यलाई अघि बढाउने लक्ष्य राखिएको बताए । रासस

विशेष