News

बाढीले गोदावरी पुल भासियो, सवारी बन्द

बाढीले गोदावरी पुल भासियो, सवारी बन्द

भक्तपुर । भीषण वर्षाका कारण भक्तपुर र ललितपुरको सीमाना भएर बग्ने गोदावरी खोलामा आएको बाढीले त्यहाँको बस्ती डुबानमा परेको छ । वर्षाका कारण बालकोट हाइट, हनुमन्ते खोलामा आएको बाढीले त्यहाँका आसपासका घर टहरा डुबाउनुका साथै धान र मकै खेती नष्ट भएको छ ।

ललितपुरको महालक्ष्मी नगरपालिकाको वडा नं ५ र ७ मा पर्ने टीकाथली र चाँगाथली जोड्ने गोदावरी खोलाको सवारी चल्ने फलामे पुल भासिदा यातायात सेवासमेत ठप्प भएको छ ।फलामे पुल भासिएपछि पुलबाट चारपांग्रे सवारी साधनलाई आवतजावत गर्न रोक लगाइएको छ ।

बाढीका कारण पुलको पश्चिमतर्फको केही भाग भासिएको छ । बाढीले गोदावरी खोलाको दायाँबायाँतर्फका ५० मिटरसम्म बनेका घर टहरामा पाँच फिटसम्म पानी छिरेको छ ।

विशेष