News

बाढी प्रभावित क्षेत्र संकटग्रस्त घोषणा हुन सकेन, मृतकका परिवारलाई २ लाख राहत

बाढी प्रभावित क्षेत्र संकटग्रस्त घोषणा हुन सकेन, मृतकका परिवारलाई २ लाख राहत

काठमाडौं । लगातारको बाढीले तराई मधेसका जिल्ला जलमग्न भए पनि सरकारले संकटग्रस्त क्षेत्र घोषणा गरेन ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार बोलाएको मन्त्रिपरिषद बैठकमा संकटग्रस्त क्षेत्र घोषणा गर्ने की नगर्ने भन्ने विषयमा लामो छलफल भएको थियो । धेरै मन्त्रीहरुले घोषणा गर्नुपर्ने आवाज उठाएका थिए । तर, बैठक संकटग्रस्त घोषणा नगर्ने निष्कर्षमा पुगेको एक मन्त्रीले जानकारी दिए । बैठकले मृतकका परिवारलाई २ लाख रुपैयाँको दरले राहत दिने निर्णय पनि गरेको छ ।

साथै प्रभावित क्षेत्रमा राहत तथा उद्धारलाई तिव्रता दिने निर्णय पनि सरकारले गरेको ।

विशेष