News

राहत संकलन संयोजन समितिको संयोजकमा केदार न्यौपाने

राहत संकलन संयोजन समितिको संयोजकमा केदार न्यौपाने

काठमाडौँ । बाढी पहिरो प्रभावित क्षेत्रहरुमा थप राहत प्रदान गर्न मन्त्रालयले सहसचिव केदार न्यौपानेलाई राहत संकलन संयोजन समितिको संयोजक तोकेको छ ।

राहत सामाग्री (त्रिपाल, भाँडाकुडाँ, खाद्दान्न दाल, चामल, नुन, तेल, ड्राइफुड लगायत नयाँ लत्ताकपडा उपलव्ध गराउन इच्छुक निजी कम्पनी, सामुदायिक संघ संस्था तथा व्यक्तिहरुले राहत संकलन संयोजन समितिका संयोजकसंग समन्वय गरी काठमाण्डौं थापाथलीमा रहेको नेपाल खाद्द संस्थानको गोदाम घर वा विश्व खाद्द कार्यक्रम त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको गोदामघरमा यस मन्त्रालयवाट खटिएका कर्मचारीहरुलाई हस्तान्तरण गरी सहयोग गरिदिनुहुन अनुरोध गरिएको छ ।

गृहमन्त्री जनार्दन शर्माले आईतबार पश्चिम र पुर्वका केही बाढी प्रभावित क्षेत्रका जनतालाई भेटे पछि व्यवस्थापन कार्य तिव्र पार्न सो समिती गठन गरिएको हो । गृहमन्त्री शर्माले यस संकटको घडीमा सबैमा संयम अपनाउदै सहयोगी हातहरु अगाडी बढाउन आग्रह गरेका छन् । सहसचिव केदार न्यौपाने–सम्पर्क नं ९८५११४००११०

kedar neupane

विशेष