News

सहयोग गर्न धुर्मुस मधेसतिर

सहयोग गर्न धुर्मुस मधेसतिर

धनुषा । सहयोगको लागि सधै तयार रहने कलाकार सीताराम कट्टेल धुर्मुस अहिले सहयोग गर्न जनकपुर तिर लागेका छन् । जनकपुरका बाढी प्रभावित ८० घरपरिवारलाई राहत बाँडेका छन् । जनकपुर उपमहानगरपालिका–१ मा रहेको दलित बस्तीमा सोमबार बिहान उनले राहत बाँडेका छन् ।

अबिरल वर्षा कारण जलाद नहरमा आएको बाढीले आइतबार मेस्तर, मुसहर, पासवान लगायतको दलित बस्ती जलमग्न भएको छ । त्यस बस्तीबाट एक सयभन्दा बढी घरपरिवार विस्थापित भएका छन् । धुर्मुसले चिउरा, दालमोट, मुरह, चाउचाउ, बिस्कुट, पानी लगायतको खाद्यान्न सामग्री वितरण गरेका छन् । राहत बाँड्दै धुर्मुस सुन्तली फाउण्डेशका अध्यक्ष समेत रहेका कट्टेलले विपदको समयमा सहयोगी मनहरुले बाढी प्रभावितलाई सक्दो सहयोग गर्नुपर्ने बताए ।

विशेष