News

राष्ट्रपतिद्वारा कृष्ण मन्दिरमा पूजा, ढुङ्गेधाराबारे जिज्ञासा

राष्ट्रपतिद्वारा कृष्ण मन्दिरमा पूजा, ढुङ्गेधाराबारे जिज्ञासा

ललितपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले पाटन दरबार क्षेत्रमा अवस्थित मल्लकालीन कृष्ण मन्दिरमा आज पूजार्चना गिरन् । सो अवसरमा राष्ट्रपति भण्डारीले मन्दिरका पुजारी प्रतापधर शर्माबाट टीका तथा प्रसाद ग्रहण गरिन् ।

सिद्धिनरसिंह मल्लले विसं १६९३ मा शिखर शैलीमा बनाएको सत्रौँ शताब्दीको ढुङ्गै ढुङ्गाको २१ गजुरको सो मन्दिरसँगै रहेको ऐतिहासिक ढुङ्गेधाराको पनि अवलोकन गरीन् । त्यसबारे उनले जिज्ञासा राखेको ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले जनाए ।

मनसुनका समयमा मात्र उक्त ढुङ्गेधारामा पानी आउने र हिउँदमा नआउने बताउँदै प्रमुख महर्जनले आगामी वर्ष राष्ट्रप्रमुखको सवारी हुँदा नियमित पानी आउने व्यवस्था मिलाइने प्रतिबद्धता व्यक्त गरे ।

राष्ट्रपति भण्डारीलाई महानगरप्रमुख महर्जन र उपप्रमुख गीता सत्याल, सांसद सिद्धिलाल सिंह, चन्द्र महर्जन, उदयशम्शेर राणा र सुशीला नेपाल, प्रजिअ राजकुमार श्रेष्ठलगायतले स्वागत गरे ।

विशेष