News

राहत नपुगेकोले सामान खरिद गरी वितरण गर्छौ वडा अध्यक्ष

राहत नपुगेकोले सामान खरिद गरी वितरण गर्छौ वडा अध्यक्ष

बाँके । बाढीपीडितलाई उद्धार गर्न भनेर राहत वितरण गर्न सोमबार देखि सुरु गरिएको छ । तर फत्तेपुरमा नेपाली सेनाको हेली कप्टरले छाडेको खाद्यान्न पर्याप्त नभएको भन्दै बितरण गर्न कठिन भएको वडा अध्यक्ष राम लखन थारुले बताएका छन् ।

शुक्रबारदेखि परेको अविरल बर्षाका कारण राप्ती नदी तथा स्थानीय खोलाहरुमा आएको बाढीका कारण बाँकेका अधिकांश ठाउँ डुवानमा परेका छन् । डुबानमा परेकाहरुलाइ उद्धार गर्ने कार्य प्रभावकारी नभएको भन्दै मानव अधिकारबादी संस्था तराई मानव अधिकार रक्षक संजाल (थर्ड एलायन्स)ले आईतबार आपत्ती जनाएको छ ।

वडा नं. ७ मा सोमबार बिहान नेपाली सेनाको हेलीकप्टरले १ बोरा चिनी, २ बोरा भुजा, चाउचाउ र पानी बितरण गर्नका लागि वडा कार्यलयलार्इ जिम्मा दिए पनि उक्त सामाग्रीहरु पर्याप्त  नरहेकोले वडा कार्यलय तत्काल वितरण गर्न असमर्थ रहेको जनाएको छ ।

वडा अध्यक्ष राम लखन थारुले भने, नेपाली सेनाले पठाएको राहत पर्याप्त छैन्, यस्तो राहतले वितरण गरेर जनतालाई आतंकीत बनाउनु भन्दा वितरण नगरे कै ठिक हुन्छ । पर्याप्त मात्रामा राहत वितरण गर्न सक्दैन भने नदिए हुन्छ हामी आफै बिकल्प खोज्छौ । उनले थप्दै भने राप्तीपारी कै पसलबाट खाने सामानहरु किनेर बितरण गर्ने तयारी गरेको छु । उनले सहयोगी हाथहरुलाई वडा कार्यलयले स्वागत गर्न तयार रहेको बताए ।

स्थानियबासी बुद्धि चौधरी भन्छन्, घरमा भएको सबै अन्नबाली बाढीले भिजेको छ । खाना पकाएर खाम भने पनि केही छैन् । सोनपुर स्कुलमा शरण लिई रहेका पिडितहरु भन्छन् हाम्रो लागी नभए पनि हाम्रो बच्चाहरुका लागि चामल भए पकाएर दिन सकिन्थ्यो । उनले अर्को प्रसंगमा भने सरकारले दिने भनेको राहत अहिले सम्म हामीले हेर्न पाएका छैनौ । यती मात्र होईन वडा अध्यक्ष र उनले खटाएका व्यक्ति बाहेक सरकारी कर्मचारीहरु अहिलेसम्म हाम्रो पीडा हेर्न नआएको गुनासो गरे ।

गृहमन्त्री आईतबार फत्तेपुरका बाढी पिडितसंग कुरा गर्दै राहत वितरणका लागि टोल टोलमा समिति तयार गरेर राहत वितरण कार्य सुरु गर्न वडा अध्यक्षलाई सुझाव दिएका थिए । उचित राहतको व्यवस्था तत्काल गर्ने र मातहतको निकायलाई राहत वितरण गर्न निर्देशन गरे पनि बाँकेमा राहत वितरण सोमबारसम्म पनि प्रभावकारी नभएको पाइएको अधिकारबादी संस्था थर्ड एलायन्सले जनाएको छ ।

विशेष