News

सेनाद्वारा पाँच हजारको उद्धार

सेनाद्वारा पाँच हजारको उद्धार

काठमाडौँ । नेपाली सेनाले अविरल वर्षाका कारण देशका विभिन्न भागमा विपत्तिमा परेकामध्ये हालसम्म पाँच हजार ६०० सर्वसाधारणको उद्धार गरेको छ । सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार हालसम्म चार हजार ५०० जनाको स्थलगत तथा एक हजार १०० जनाको हवाई उद्धार गरिएको छ ।

बाढी तथा पहिरो प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका लागि स्थानीय प्रशासनसँगको समन्वय तथा सहकार्यमा आवश्यक उद्धार सामग्रीसहित नेपाली सेनाको उद्धार टोलीसहित पाँच हेलिकप्टर निरन्तर रुपमा परिचालन भइरहेको सैनिक मुख्यालयले जनाएको छ ।

बाढीपहिरो र डुबान क्षेत्रमा हाल नेपाली सेनाबाट करिब सात हजार ५०० सैनिक परिचालित रहेको जनाइएको छ । मोरङ जिल्लामा तैनाथ युनिटबाट खटिएको उद्धार टोलीले गछिया खोलाले कटान गरेको स्थानमा १३ ग्याबिन जालीमा ढुङ्गा भरी बाढी रोकथाम गरेको सेनाले जनाएको छ ।

रौतहटको गौर इलाकामा डुबानमा परेकालाई हेलिकप्टरद्वारा एक हजार २०० केजी खाद्य सामग्री, औषधि तथा पानी पुर्याई वितरण गरिएको जनाइएको छ ।

विशेष