News

डा.केसीको जीवनरक्षाको लागि दबाब दिन मंगलवार एभरेष्ट होटल अगाडि प्रदर्शन

डा.केसीको जीवनरक्षाको लागि दबाब दिन मंगलवार एभरेष्ट होटल अगाडि प्रदर्शन

विवेकशील नेपालद्वारा डा.केसीको समर्थनमा उनको जीवनरक्षाको दबाब दिन मंगलवार, श्रावण ३१ गते बानेश्वरस्थित एभरेष्ट होटल अगाडि ११ बजेबाट प्रदर्शन गर्ने भएका छन् ।

११ औं अनसनको २३ औं दिन तर पनि सरकार छ मौन, ६०१ आऊ हामीलाई जेल हाल, गोलि ठोक, भ्रष्टहरु खुल्ले आम हिड्ने जनताका लागि लड्नेहरु भोक–भोकै मर्नु पर्ने जस्ता विभिन्न नाराका साथ प्रदर्शन हुने तयारीमा छन् ।

सोमबार पनि बसन्तपुरमा डा.कसीको समर्थनमा र्याली निकाली कार्यक्रम गरेका थिए । यस अघि पनि डा.कसीका समर्थन जनाउँदै विभिन्न ठाउँ ठाउँमा र्याली, प्रदर्शन तथा सडक नाटक जस्ता कार्यक्रम गरेका छन् ।

विशेष