News

देशैभर वर्षा रोकियो, उद्धारमा खटिन सरकारको निर्देशन

देशैभर वर्षा रोकियो, उद्धारमा खटिन सरकारको निर्देशन


काठमाडौं । बर्षा कम भएपछि मुलुकभर बाढी पहिरोको क्रम रोकिएको छ ।

पश्चिमी क्षेत्रका केहि स्थानमा बर्षा भइरहेपनि अन्य स्थानमा भने ठुलो बर्षा भएको छैन । पानी पर्न रोकिएसंगै तराईका जिल्लामा डुवान पनि घट्दै गएको छ । मौसम पुर्वानुमान महाशाखाले पुर्व र मध्य क्षेत्रमा बादल लागेर सामान्य बर्षा हुने जनाएको छ ।

पश्चिम क्षेत्रमा भने आज रातीबाट मात्र बर्षाको क्रम कम हुँदै जाने विभागको भनाई छ । बाढी पहिरोबाट अहिलेसम्म ७० भन्दा बढीको मृत्यु भइसकेको छ । ५० भन्दा बढी बेपत्ता छन् । प्रभावित बासिन्दालाई मुख्य गरेर पिउने पानी र खाद्यान्नको समस्या देखिएको छ ।

विशेष