News

चिनियाँ उपप्रधानमन्त्री वाङ याङ आज नेपाल आँउदै

चिनियाँ उपप्रधानमन्त्री वाङ याङ आज नेपाल आँउदै

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य तथा उपप्रधानमन्त्री वाङ याङ नेतृत्वको उच्चस्तरीय टोली तीनदिने औपचारिक भ्रमणका लागि सोमबार साँझ काठमाडौं आउने भएको छ ।

पाकिस्तानको स्वतन्त्रता दिवसमा सहभागी भएर उनी नेपाल आउन लागेका हुन् । सन् २०१७ भित्र पनि चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण नहुने भएपछि उनको विशेष दूतका रूपमा उपप्रधानमन्त्री वाङ आउन लागेका हुन् ।

वाङ राष्ट्रपति सीको विशेष सन्देशसमेत लिएर नेपाल आउन लागेका हुन् । भारत र चीनबीच दोक्लम क्षेत्रमा विवाद चर्किरहेका बेला यो भ्रमण हुन लागेको हो । निमन्त्रणा पुरानै भए पनि पछिल्लो समयमा विकसित भ्रमणका रूपमा रहेको अधिकारीहरूले बताए ।

विशेष