जब चोरले बसमा मिन्स प्याड र दिसा राखिएको सिसी चोरे
काठमाडौं । चोरी कार्यमा संलग्न व्यक्तिहरु चाहे बसमा यात्रा गर्दा होस्, चाहे पैदल हिड्दा होस्, चाहे बसिरहँदा होस्, उनीहरुको सोचाइ नै कसरी चोर्ने भन्नेमा केन्द्रित हुन्छ । अधिकाँश चोरहरु सकेसम्म ठूलै रकम, गरगहना र महंगा सामान चोरी गर्न सकियोस् भनेर लक्ष्य राख्छन् । तर, चोरी गर्दा सधैं महंगा सामान मात्र कहाँ फेला पर्छ र ? चोरीका सिलसिलामा कहिलेकाँही महिलाले रजस्वला हुँदा प्रयोग गर्ने प्याड, दिसा पनि पर्दाेरहेछ । यो स्थितिमा चोरी गर्ने मानिसले के अनुभव गर्छ होला ? चोररी भएको व्यक्तिले पनि कस्तो महसुस गर्छ होला ?
हामी तपाईंहरुलाई आयरल्यान्डतर्फ लैजान्छौं । त्यहाँ जे सामान चोरी भयो, चोरी गर्ने मान्छेले चोरी सकेपछि कस्तो अनुभव ग-यो र जसको सामान चोरी भयो, उसले कस्तो अनुभव ग¥यो भन्ने कुरा सुन्दा पनि हाँसो उठ्छ ।
आयरल्याण्डकी लीसा कोएन राजधानी डब्लिनमा ट्रामबाट यात्रा गरिरहेकी थिइन् । चोरले उनको यस्तो चिज चो-यो कि उनलाई उल्टै हाँसो उठ्यो । र, सँगसँगै लाज पनि । वास्तवमा चोरले उनले रजस्वला हुँदा लगाउने प्याड चोरी गरेको थियो । चोरले प्याड चोरी गरेको उनले तुरुन्तै थाहा पाएकी थिइन् ।
आफ्नो सामान चोरी हुँदा उनले कुनै हल्ला गरिनन् । उल्टै मनमनै हाँसिरहिन् । तर, जसले उनको सामान चोरी गरेको थियो, ती व्यक्ति भने उल्टै तनावमा रहेको उनले महसुस गरिन् । यसले पनि उनलाई भित्रभित्रै बढी हाँसो उठेको थियो ।
ठूलै सामान हात प-यो भन्ने ठानेको चोरले जब त्यो सामान मिन्स प्याड भएको थाहा पाए, उनले उल्टै सो सामान ती महिलाकै व्यागमा राख्न प्रयास गरे । तर ती महिलाले चोरलाई मानसिक सजाय दिनकै लागि उनको प्रयासलाई सफल हुन दिइनन् ।
लिसाले यो विषयमा खुलासा गर्दै ट्विटसमेत गरेकी छिन् । ट्विटमा उनले लेखेकी छन्, ‘त्यस चोरका लागि म प्रार्थना गर्दछु जसले पकेटमारी गरेर मेरो ट्याम्पोन निकाल्यो अनि लज्जित महसुस गर्दै पुनः मेरो गोजीमै राखिदिने कोसिस गर्न थाल्यो ।’ उनले अगष्ट ६ मा गरेको सो ट्विट अहिले निकै चर्चित बनेको छ ।
लिसाले यस्तो ट्वीट गरेपछि केही ट्विटेले आफूहरु पनि चोरीको सिकार भएको ट्विट गरेका छन् । एक जना ट्विटेले त अस्पतालमा दिसा परीक्षणका लागि लैजाँदै गरिएको दिसा राखिएको सिसी नै चोरी भएको र त्यसले आफूलाई ठूलै तनाव भएको उल्लेख गरेका छन् ।