News खेल

मेयर कप फुटसल भदौ १० देखि

मेयर कप फुटसल भदौ १० देखि

काठमाडौँ  । युवा संघ नेपाल वडा नं २५ र २७ को संयुक्त आयोजनामा आगामी भदौ १० देखि १७ गतेसम्म मेयर कप फुटसल हुने भएको छ ।

डल्लुस्थित नेपा फुटसल एण्ड रिक्रेसन प्रालि चःमतिमा हुने उक्त प्रतियोगितामा काठमाडौँ महानगरपालिकाका ३२ वटा वडालाई सहभागिताका लागि अनुरोध गरिएको आज आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक सुरज केसीले बताए ।

प्रतियोगितामा विजेता टोलीले रु एक लाख तथा उपविजेताले रु पचास हजार पुरस्कार पाउनेछन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलकिपर र डिफेन्डर गरी तीन विधामा उत्कृष्ट घोषित हुनेलाई जनही रु पाँच हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

futsal

विशेष