विदेश

सियरालिओनमा भीषण पहिरो ३ सय भन्दा बढीको निधन

सियरालिओनमा भीषण पहिरो ३ सय भन्दा बढीको निधन


फ्रिटाउन । सियरा लिओनमा ब्यापक बर्षापछि आएको बाढी र पहिरोमा परी सोमबार ३०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

एएफपीका घटनास्थलमा उपलब्ध सम्वाददाताले जनाएअनुसार सोमबार साँझ समम्म ३१२ जनाको मृत शरिरलाई घटनास्थलबाट स्थानीय एक अस्पतालमा पुर्‍याइएको छ ।

सियरा लिओनको राजधानी फ्रिटाउनको पश्चिमी भाग रेजेन्टमा दर्जनौं घरहरू पुरिएका जनाउदै उनले सो ठाउँमा सयौँ मानिस पुरिएको प्रारम्भिक जानकारी रहेको जनाएका छन् ।

व्यापक बर्षापछि ठूलो पहाड मानवबस्तीमा खस्दा सयौँको माटोले पुरिएर निधन भएको उपराष्ट्रपति भिक्टर बोकारी फोहले जनाए । पहिरोले धेरै घर पुरेको छ भने पहिरोमा पुरिएका मानिसहरूको उद्धार जारी रहेको छ, फोहले बताए ।

उद्वारमा सेना तथा प्रहरीका सयौं अधिकारी तथा स्थानीय स्वयम्सेवक खटाइएको सियरा लिओनको राष्ट्रिय टेलिभिजन च्यानलले जनाएको छ ।

घटना राति सुतिरहेको समयमा भएकाले कैयौँ व्यक्ति निदाएका बेला घरभित्र पुरिएका थिए ।

विशेष