आफ्नै सहकर्मीको गोली हानी हत्या
पोखरा । फेवाताल किनारको तत्कालिन राजपरिवारको (हाल नेपाल सरकारको) रत्न मन्दिरको सुरक्षार्थ खटिएका एक सैनिकले आफ्ना सहकर्मीको गोली हानी हत्या गरेका छन ।
दार्चुला घर भई प्युठ पदमा कार्यरत बसन्त लोहारले बैतडी घर भएका गणेश विष्टको सोमबार राति हत्या गरेको उच्च सुरक्षा स्रोतले जनाएको छ । गोली हान्ने लोहार सैनिक नियन्त्रणमा छन् भने मृतकको शव अस्पताल लगिए पनि कुन अस्पताल भन्ने खुलेको छैन ।
घटनाको विस्तृत विवरण आउन बाँकी छ ।