जिम्बाबेकी फष्ट लेडि जसले २० वर्षे मोडललाई यस्तो बनाइन
काठमाडौं । जिम्बाब्बेकी फस्ट लेडी अर्थात राष्ट्रपति पत्नी ग्रेस मुगाबेले एक मोडल महिलालाई आक्रमण गरेकी छन् ।
उक्त मोडल आफ्ना २ छोरा सहित होटलमा देखेपछि राष्ट्रपति पत्नी रिसाएर आक्रमण गरेको जनाइएको छ । आक्रमण पश्चात उक्त मोडलले कुटपिटको आरोप लगाउँदै अदालतमा मुद्दा दर्ता गरेकी थिइन । तर अदालतमा उनी उपस्थित भइनन् ।
उनले एक्सटेन्सन कार्डले आक्रमण गरेको ती मोडलले बताएकी छन् । प्रहरीले यस घटना भएको पुष्टि गरेको छ ।
५२ सालकी ग्रेस मुुगाबे जिम्बाबेका ९३ बर्षिय राष्ट्रपति रोर्बट मुगाबेकी दोस्रो श्रीमती हुन् ।