News

ग्याँस सिलिन्डर पड्किँदा दुई घर जलेर नष्ट

ग्याँस सिलिन्डर पड्किँदा दुई घर जलेर नष्ट

नुवाकोट । खाना पकाउने ग्याँस सिलिन्डर पड्किँदा मंगलबार शिवपुरी गाउँपालिका–७ सुनखानीको पन्तथोकमा दुई घर जलेर नष्ट भएको छ ।

खान पकाउँदै गरेको समयमा सिलिन्डर पड्किएर आगलागी हुँदा राजेन्द्र भण्डारी र उहाँको भाई अरुणको घर पूर्ण रुपमा जलेर नष्ट भएको हो ।

आगलागीबाट नगद, सुनचाँदी, लत्ताकपडा, भाँडाकुँडा गरी रु १५ लाखभन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए।

सिलिन्डर पड्केर आगलागी भए पनि कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

विशेष