News

बाँकेका बाढी पीडितका लागि जाजरकोटमा राहत सामाग्री संकलन

बाँकेका बाढी पीडितका लागि जाजरकोटमा राहत सामाग्री संकलन

जाजरकोट । बाँकेका बाढी पीडितहरुका लागि जाजरकोटका युवाहरुले राहत सामाग्री संकलन गरेका छन् । जिल्ला सदरमुकाम स्थित युवाहरुको सक्रियतामा स्थानीय व्यापारी तथा स्वास्थ्य कार्यालयले बाढी पीडितहरुका लागि लत्ता कपडा, औषधि तथा खाद्यान्न सामाग्री उपलब्ध गराएका हुन् ।

तराईका विभिन्न स्थानहरुमा बाढीले वितन्डा मच्चाएपछि पीडितहरुका लागि केही राहत होस् भनेर आफूहरुले राहत संकलन गरेको युवा विश्व विक्रम शाहले बताए । सबैको सहयोग र सहकार्यले करिब २ लाख भन्दा बढी रकमको राहत संकलन भएको शाहको भनाई छ । जिल्लामा संकलन गरिएको राहत सामाग्री बाँकेको राप्ती पारी पुगेर बाढी पीडितहरुलाई हस्तान्तरण गरिने शाहले बताए ।

राहत संकलन कार्यमा सहयोग गर्ने स्थानीय युवा दिपक खत्री, सरोज वली, राजाराम श्रेष्ठ, दर्शन जी जंग शाही, दुर्गा श्रेष्ठ, जगत ध्वज शाही, कृष्ण शाह, गोविन्द शाह, धिरेन्द्र शाह लगायत स्थानीय व्यापारी, उद्यमी तथा स्वास्थ्य कार्यालय जाजरकोटलाई धन्यबाद दिईएको शाहले जानकारी दिए ।

विशेष