News

प्रतिस्पर्धाको जमानामा हुलाक सेवालाई थप प्रभावकारी बनाउनुपर्ने : सञ्चारमन्त्री बस्नेत

प्रतिस्पर्धाको जमानामा हुलाक सेवालाई थप प्रभावकारी बनाउनुपर्ने : सञ्चारमन्त्री बस्नेत

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले हुलाक सेवा विकासका लागि मन्त्रालयले सहयोग गर्ने बताएका छन् । गोश्वारा हुलाक कार्यालयले बुधबार आयोजना गरेको डाँक ढुवानी सवारीको उद्घाटन कार्यक्रममा उनले प्रतिस्पर्धाको जमानामा हुलाक सेवालाई थप प्रभावकारी बनाउन यसलाई आधुुनिक प्रविधियुक्त बनाएर लग्नुपर्ने आवश्कता रहेको बताए ।

मन्त्री बस्नेतले संविधान कार्यान्वयन र देशको आर्थिक विकासका लागि सबै एकजुट भएर लाग्नुपर्ने धारणा पनि व्यक्त गरे । सञ्चार मन्त्रालयका सहसचिव रामचन्द्र ढकालले नयाँ प्रविधिको विकाससँगै हुलाकलाई पनि प्रविधिमैत्री बनाउँदै सेवा विस्तार गर्नुपर्नेमा जोड दिए ।

हुलाक सेवा विभागका महानिर्देशक सुरेश अधिकारीले जनशक्तिको अभावमा विभागले उपयुक्त सेवा दिन नसकेको स्पष्ट गरे । उक्त डाँक ढुवानी सेवा करिब ३० देखि ३५ जिल्लामा पुर्याएको जनाएको छ । यसअघि मन्त्री बस्नेतले हुलाक कार्यालयको निरीक्षण गरी त्यहाँको वस्तुस्थितबारेमा जानकारी लिए ।

विशेष