News

सर्पको टाेकाइबाट एक बालकको मृत्यु

सर्पको टाेकाइबाट एक बालकको मृत्यु

राजविराज । सप्तरीको कृष्णसावरण गाउँपालिका–५ मा विषालु सर्पको टाेकाइबाट बुधबार एकजना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कृष्णसावरण गाउँपालिका–५ छपकी निवासी मोहम्मद सबिरका तीन वर्षीय छोरा मोहम्मद साहिल रहेको इलाका प्रहरी कार्यालय मोहुलीले जनाएको छ ।

घरनजिकै खेतको आलीमा उत्तानो परेको अवस्थामा बालकलाई भेटेपछि तत्काल उपचारका लागि महुलीस्थित स्थानीय अस्पतालमा लैजाने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । बालकको दाहिने खुट्टामा सर्पले टोकेको स्थानीयवासीले बताएका छन् ।

विशेष