News

जिसस दाङमा नेपाली निर्वाचित

जिसस दाङमा नेपाली निर्वाचित

दाङ । जिल्ला समन्वय समिति दाङको प्रमुखमा नेकपा (एमाले) का जीतेन्द्रमान नेपाली निर्वाचित भएका छन् । एमाले र नेकपा (माओवादी केन्द्र) बीचको तालमेल र नेपाली काँग्रेसले प्रमुख पदमा उम्मेदवारी नदिएपछि समितिको प्रमुखमा नेपाली निर्विरोध निर्वाचित भएका हुँन् ।

त्यस्तै, आज भएको निर्वाचनमा समितिको उपप्रमुखमा माओवादी केन्द्रका श्रीधर शर्मा पौडेल १२ मत ल्याएर निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी काँग्रेसका नित्यानन्द शर्माले आठ मत ल्याएका थिए ।

एमालेबाट सदस्यमा तीलाकुमारी बुढाले १९, सावित्री रिजालले १९ देवीराम थारु कुमालले १९ र जक्तबहादुर बस्नेतले पनि १९ मत ल्याएर सदस्यमा निर्वाचित भएका हुँन् ।

त्यसैगरी, माओवादी केन्द्रबाट शुभद्रा भण्डारी १२ र खिमबहादुर घर्तीले पनि १२ मत सहित सदस्यमा निर्वाचित भएका छन् । समितिमा काँग्रेसका लोकीकुमारी विश्वकर्मा २० मत ल्याएर सदस्यमा निर्वाचित भएका छन् । 

विशेष