News मुख्य समाचार

भवानी वराललाई प्रेस काउन्सिल अध्यक्षमा काम नगर्न सर्वोच्चको अन्तरिम आदेश

भवानी वराललाई प्रेस काउन्सिल अध्यक्षमा काम नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं। सर्वोच्च अदालतले प्रेस काउन्सिल नेपालको अध्यक्षमा भवानी बराललाई काम नगर्नरनगराउन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश दीपकराज जोशी र तेजबहादुर केसीको संयुक्त इजलासले मंगलबार  अध्यक्ष बराललाई काम नगर्नरनगराउन अन्तरिम आदेश जारी गरेको हो ।

अध्यक्ष बरालको नियुक्तिको योग्यतामाथि प्रश्न उठाउँदै अधिवक्ताहरु बैकुण्ठ भण्डारी र राम कपालीलगायतले जेठ ९, १९ र २९ गते छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए ।

तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारको पालामा बराललाई काउन्सिलको अध्यक्षतामा नियुक्ति गरिएको थियो । त्यो नियुक्ति गैरकानुनी भएको भन्दै रिट निवेदन परेको थियो ।

आदेशमा मुद्दाको अन्तिम किनारा नलागेसम्म बराललाई काम नगर्नरनगराउन भनिएको छ । प्रेस काउन्सिलको व्यवस्थाअनुसार वरिष्ठ अधिवक्ता, पूर्व प्रधानन्याायधीश, पत्रकारितामा विशिष्ठ योगदान पुर्‍याएको व्यक्तिमध्येबाट मन्त्रिपरिषदले नियुक्ति गर्ने कानुनी प्रावधानअनुसार बराल उल्लेखित कुनैपनि योग्यता नभएको रिट निवेदकहरुको जिकिर थियो ।

रिट निवेदनमा कानुनी प्रावधानअनुसार योग्यता नपुगेको र लिम्बुवान, खुम्बुवान जातीय राज्यको माग गर्दै हिंड्ने व्यक्तिलाई काउसिन्सल जस्तो गरिमामय पदमा भएको नियुक्ति बदर गर्न माग गरिएको थियो ।

विशेष