पोर्चुगलमा २ सय वर्ष पुरानो रुख ढलेर १३ जनाको ज्यान गयो
काठमाडौं। पोर्चुगलको मडिरा टापुमा भइरहेको धार्मिक समारोहमा एउटा रुख ढल्दा किचिएर कम्तिमा १३ जनाको मृत्यु भएको छ ।
टापुको मुख्य शहर फुङ्सलमा आयोजित रोमन क्याथोलिक पर्वको कार्यक्रमका क्रममा एक्कासी रुख ढल्दा अन्य ४९ जना घाइते भएका छन् । हजारौं मानिस जम्मा भएको स्थानमा रुख ढलेको हो । रुख ढल्दा केही सवारी साधनमा पनि क्षति पुगेको छ ।
ढलेको रुख २ सय वर्ष पुरानो भएको बताइएको छ । यसैबीच पोर्चुगलका प्रधानमन्त्री एन्टिनियो कास्टाले घटनाप्रति दुःख ब्यक्त गरेका छन् । गतवर्ष पनि रोमन क्याथोलिक पर्वकै बेला पोर्चुगलको जंगलमा आगलागी भएका कारण पर्व नै स्थगित गरिएको थियो ।९